गुल्मीमा पहिरोमा बेपत्ता तीनै जनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो (अपडेट)

काठमाण्डौं– गुल्मीमा पहिरोले घर पुरिँदा वेपत्ता भएका तीनै जनाको शव भेला परेको छ। मुसिकोट नगरपालिका–१, बिसौनामा पहिरोले २ घर पुरिँदा १ जनाको मृत्यु भएको थियो भने ३ जना वेपत्ता थिए।
खोजतलासमा उनीहरुको पनि शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर मुना विक र बिष्णु विक घाईते छन्। उनीहरुलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रामकुमार केसीका अनुसार मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो।
प्रतिक्रिया