काभा नेसन्स लिगको उपाधि भारतले उचाल्यो, नेपाल फेरी हेरेको हेरै
काठमाण्डौं– काठमाण्डौंमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि भारतले जितेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार साँझ भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै उपाधी जितेको हो। नेपालले दोस्रो भएर चित्त वुझाएको छ।
पहिलोपटक काभा नेसन्स लिगको उपाधि नजिक पुगेको नेपाललाई भारतले त्यो अवसर दिए। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेको थियो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा स्तब्ध भएको छ।
खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो। नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गर्यो भने दोस्रो सेटमा भारतले नेपाललाई २५–१४ मा पराजित गर्यो। तेस्रो सेटमा नेपालले भारतलाई २५–२२ ले पराजित गरेको थियो तर, चौथो सेटमा भारतले २१–१८ ले नेपाललाई हरायो।
अन्तिम सेटमा सुरुदेखि नै अग्रता लिएको भारत खेलअवधिभर पूरै हाबी भयो। अन्तिम सेटमा १५–५ ले नेपाल पराजित हुँदा उपाधि भारतले उचाल्यो।
लोकप्रिय
ताजा अपडेट
सप्तरीका ऐनुल मियाँ हत्याकाण्ड फेरि चर्चामाः ११ वर्षसम्म कानूनलाई छल्दै हिँडेका हत्या आरोपी अन्ततः पक्राउ

