प्रहरीलाई लडाएर अस्पतालबाटै फरार भएका कैदी एक सातापछि पक्राउ

विराटनगर– प्रहरीलाई लडाएर भागेका मोरङ कारागारका कैदी एक सातापछि नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद (आर्यन मोहमद अहमद खान) लाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पेट दुख्यो भनेपछि १५ साउनमा विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएका खान १७ असारको विहान शौचालयबाट निस्कने क्रममा फरार भएका थिए।
मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार उपचाररत अवस्थामै भागेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। उनी बलात्कार मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन्।
जिल्ला अदालत मोरङले २९ फागुन ०७९ मा उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको छ। यसैगरी, पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको छ।
अदालतको फैसला अनुसार अहमदले ३ फागुन ०९१ सम्म कारागारमा बस्नु पर्नेछ।
यो पनि,