बैंक खाताको सवा करोड हिनामिना प्रकरणमा ट्वीष्टः वैंकका कर्मचारी अपहरणमा परेको श्रीमतीको खुलासा

दमक– झापाको विर्तामोडस्थित प्रभु बैंकको शाखाबाट ग्राहकको सवा करोड रकम अपचलन गरेको घट्नामा ट्वीस्ट आएको छ। यसअघि सम्पर्कविहिन भनिएका बैंकका कर्मचारी (सुपरभाइजर) ३० वर्षीय प्रमोद सिटौला अपहरणमा परेको उनकी श्रीमती एलिसा वुढाथोकीले खुलासा गरेकी छिन्।

एलिसाले प्रमोदको अपहरण गरेको आरोप भने टीकाराम नेपाल (नेती) र स्वागत नेपाललगायतलाई लगाएकी छिन्। टीकाराम सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता तथा अग्रज पत्रकारसमेत हुन भने स्वागत उनका दाजु हुन। पत्नि मन्जुकुमारी नेपाल ( बिर्तामोड–५) को बैंक खाताबाट १ करोड १७ लाख रुपैयाँ अपचलन गरिएको भन्दै टीकाराम वैंकसँग लडाईमा छन्।

तर, एलिसाले विहिवार पत्रकार सम्मेलन गरी आफनो पतिलाई १६ साउनमा घरबाटै अपहरण गरिएको आरोप लगाएकी छिन्। ‘साउन १६ गते विहान ८ः३० वजे घरबाटै कार्यालयसम्म पुयाइदिने भनी अपहरण शैलीमा लगेर वेपत्ता बनाइएको घटनाले मसहित सिंगो परिवार विछिप्त भएका छौं।’– उनले भनेकी छिन्।

एलिसाका अनुसार १६ साउनको विहान टीकाराम, स्वागत र तुलसी उप्रेतीले प्रमोदलाई चिया खान भन्दै चन्द्रगढी चोकमा लगेका थिए। केही समयपछि चारै जना फर्किए। प्रमोद कार्यालय जान लागेपछि उनीहरुले ‘हामी नै पुर्याई दिन्छौं र ल्याई दिन्छौं’ भन्दै ३४९७ नम्बरको खैरो रंगको कारमा लिएर गए। केही समयपछि टीकारामले आफुलाई फोन गरेर ‘प्रमोदजी घर आउनु भएको छ ?’ भन्दै सोधेको उनी वताउँछिन्। ‘उहाँलाई तपाईले लिएर जानुभएको मान्छे अहिले कसरी घर आउनु हुन्छ? कार्यालयमा हुनुहुन्छ होलानी भनेर जवाफ दिएँ’ उनी भन्छिन्–‘अर्को पटक धम्किपूर्ण शैलीमा फोन गरेर प्रमोदले व्याग छाडेर हिड्नुभएको छ, प्रहरीलाइ बुझाईदिन्छु भन्नु भयो।’

त्यसपछि आफुहरुले टीकारामलाई फोन गर्दा सम्पर्क नहुन नसकेको उनको भनाई छ। ‘वेलुकासम्म पनि उहाँ घर आउने आशामा थियौं। तर आज नौ दिन वितिसक्दा पनि मेरो श्रीमानको अत्तोपत्तो छैन’ उनले भनेकी छिन्–‘मेरो श्रीमानको कार्यालयसँग सम्बन्धित जिम्मेवारी र विभिन्न व्यक्तिसँगको कारोबारको षिययमा कानून बमोजिम निष्पक्ष ढंगले अनुसन्धान गर्नका लागि समेत म सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु।’

आफनो श्रीमान दोषी ठहरिएमा कानून बमोजिम सजायको भागिदार बन्नु पर्ने उनले वताएकी छिन्। देशमा कानून हुँदा हुदै घरवाट अपहरण शैलीमा जवर्जस्ती लगेर आफनो श्रीमानलाई नौ दिनदेखि बेपत्ता बनाइएको भन्दै उनले खोजतलासका लागि अपिल गरेकी छिन्।

यता, टीकारामले भने प्रमोदले आफनो श्रीमतीको खातामा भएको पैसा नियतवश हिनामिना गरेको दाबी गरेका छन्। १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेको खातामा हाल २ लाख मात्र जम्मा देखिएको उनले बताएका छन्।

छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दिएको उनको भनाई छ। घट्ना वाहिरिएपछि बैंकले छानबिन समिति गठन गरेको थियो।

समितिले मन्जुले जम्मा गरेको मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट सवै नक्कली भएको प्रतिवेदन दिएको छ। समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको भेटिएको उल्लेख छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट