मोटरसाईकलबाट लडेकी महिलाको ट्याक्टरले किचेर मृत्यु

काठमाण्डौं– कपिलवस्तुमा शुक्रबार मोटरसाइकलबाट लडेकी युवतीलाई ट्याक्टरले किच्दा मृत्यु भएको छ ।

पकडी–चाकरचौडा सडक खण्डअन्तर्गत मायााँदेवी गाउँपालिका –२ अभिरावमा यूपी ५३ इडी ८३९१ नम्बरको मोटरसाइकलबाट मायादेवी गाउँपालिका–४ चाकरचौडाकी २२ वर्षीया ममता कलवारलाई लडेकी थिईन।

पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकलबाट लडेकी उनलाई ना.६ त ५३६७ नम्बरको ट्याक्टरको पछाडिको चच्काले किचेको थियो। गम्भीर घाइते भएकी ममताको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट