ब्राजिलमा विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित ६२ जनाको मृत्यु

काठमाण्डौं– ब्राजिलको साओ पाउलोमा विमान दुर्घटामा परी ५८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ६२ जनाको मृत्यु भएको छ। विमान रहेका सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ। बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उद्धार गर्न सकिएन।

आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय पनि कोही घाइते नभएको रिपोर्टमा जनाईएको छ। सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको देखिन्छ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट