विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगो लाग्यो, विरामीको भागाभाग

विराटनगर– मोरङको विराटनगरस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आईतबार दिउँसो आगलागी भएको छ।
आईसीयूमा बिरामी भने नरहेको अस्पतालका प्रशासन प्रमुख निरज श्रेस्ठले बताए। खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो।
बाहिरबाट हेर्दा धुवाँको मुस्लो उडिरहेको देखिएको थियो। प्रशासन प्रमुख श्रेष्ठका अनुसार दिउँसो ३ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागी सुरु भएपछि बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाएर आगो नियन्त्रणको प्रयास भएको थियो।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जनाईएको छ। आगलागिबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन।
प्रतिक्रिया