प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिने सरकारी कर्मचारी पक्राउ

काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितको हत्या गर्ने धम्की दिएका एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्। सामाजिक सञ्जालमा ओली लगायत एमालेका नेताहरुलाई मार्ने धम्की दिएपछि प्रहरीले धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेका लामाविरुद्ध साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीच डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुलका विषयमा असमझदारी देखिएपछि लामाले ओली लगायतका एमाले नेतालाई मार्ने धम्की दिएकाा थिए।

ओली प्रधानमन्त्री भएपछि फेसबुकमा स्ट्याटस लेख्दै उनले १७ हजारलाई एक महिनामा मार्ने उल्लेख गरेका थिए। जसमा ओली र एमाले कार्यकर्तालाई गालीगलौज समेत गरिएको थियो। खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै आएका थिए।

नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका उनलाई गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो। उनी २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए। जथाभावी नलेख्न सुझाव दिँदा उनले एमालेका स्थानीय नेता कार्यकर्ताको पनि ज्यान लिन सक्ने धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट