सप्तरीमा निर्माणाधिन घरको भित्तो भत्किएर किच्दा कामदारकै श्रीमतीको मृत्यु

राजविराज– सप्तरीमा निर्माणाधिन घरको भित्तो (वाल) भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ।
राजबिराज नगरपालिका–५ का राजाराम दासको घरको भित्तो भत्किएर राजविराज नगरपालिका–९, मलेठ निवासी ४० वर्षीया उर्मिला महतोलाई किचेको थियो।
उनलाई तक्कालै उद्धार गरी राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पर्खालले किचेर महिलाको टाउको, हात र शरीरमा चोट लागको थियो।
मृतक उर्मिला राजारामको घर प्लाष्टर गरिरहेका कामदार प्रदिप महतोकी श्रीमती हुन।
प्रतिक्रिया