सप्तरीको शम्भुनाथ मन्दिर छिर्ने बाटोमा शव भेटियो

राजविराज — सप्तरीमा बुधबार एक ब्यक्तिको शव फेला परेको छ। शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर जाने बाटोमा तराई मूलको जस्तो देखिने ५०/५५ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतकको सनाखत भएको छैन। इलाका प्रहरी कार्यालयले घट्नाको अनुशन्धान गरिरहेको छ भने मृतको परिवारको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज नेउपानेले बताए।
प्रतिक्रिया