जाजरकोटमा पनि पहिरोले घर पुरिँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु

काठमाण्डौं— जाजरकोटमा गएराति पहिरोले टहरो (अस्थायी घर) पुरिँदा ३ जनाको मृत्यु भएको छ।

नलगाड नगरपालिका–२, माझगाउँमा पहिरोले लालबहादुर परियारको अस्थायी टहरो पुरिँदा ४२ वर्षीय लालबहादुरसहित उनकी श्रीमती ३४ वर्षीया मनीषा र २ वर्षका छोराको मृत्यु भएको जाजरकोटका सीडीओ उमाकान्त अधिकारीले बताए।

वडा अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुरको परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट