गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षको निधन, प्रदेश सभा सदस्यलाई शोक

काठमाण्डौं– गाडी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष तथा कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामाका श्रीमान चन्द्रसिंह कार्कीको मंगलबार विहान निधन भएको छ।

सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सोमबार सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना भएको थियो। दुर्घटनामा घाईते भएका उपाध्यक्ष कार्कीलाई उपचारका लागि नेपालगञ्ज लगिएको हो।

उपचारको क्रममा आज बिहान करिब २ बजे कार्कीको निधन भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका कार्की पार्टीमा मुक्ति उपनामले चिनिन्थे।

उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट