मुक्तिनाथ जाने योजना रद्द गरेर पुशपति दर्शन गर्न हिडेका थिए आँबुखैरेनीमा दुर्घटनामा परेका तिर्थयात्री

काठमाण्डौं– २ दिन पोखरा घुमेर पशुपतिनाथ दर्शनका लागि काठमाण्डौं हिडेका भारतीय पर्यटक सवार बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा शुक्रबार २७ जनाको ज्यान गयो। १६ जना घाईते छन्। उनीहरु मध्ये पनि धेरैको अवस्था चिन्ताजनक छ।
भारतको गोरखपुरबाट चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपालको प्रसिद्ध धार्मिकस्थलहरु मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजना बनाएर उनीहरु नेपाल घुम्न निस्किएका थिए। केशरवानी परिवहन ट्राभल्सका २ वटा बसमा ९६ जनाको टोली थियो।
४ भदौमा बेलहिया नाकाबाट छिरेका उनीहरुले ८ दिनको परमिट लिएका थिए। २ दिन होटल स्पोट्र्स र पोखरा इन होटलमा (बाँडिएर) वसेर पोखरा घुमे। तर, पूर्व निर्धारित योजना अनुसार उनीहरु मुक्तिनाथ भने नगएको खुलेको छ।
विहानै पशुपतिनाथको दर्शन गर्न पुग्ने योजनासहित काठमाण्डौं हिडेका उनीहरु सवार दुई मध्ये यूपी ५३ एफटी ७६२३ नम्बरको बस विहान साढे ११ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐना पहरा नजिकैबाट त्रिशुली नजिकै मर्स्याङ्दी नदीमा खस्यो।
तत्कालै उद्धारको काम सुरु भयो। घाइते र मृतकलाई आँबुखैरेनी अस्पताल लगिएको थियो। पछि घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि शिक्षण अस्पताल ल्याईएको छ। घाइतेमध्ये पहिलो खेपमा १२ र दोस्रो खेपमा ४ जनालाई काठमाण्डौं ल्याइएको हो। मृत्यु भएकामध्ये २६ जनाको पहिचान भएको छ भने १ जनाको पहिचानसमेत खुल्न सकेको छैन।
अर्को बसरमा रहेका यात्रुसमेत अहिले विक्षिप्त अवस्थामा छन्। छरछिमेक र चिनेजानेको साथीसंगी मिलेर घुम्न हिडेका उनीहरु मध्ये धेरैलाई बाटोमै छोडेर जानु पर्ने अवस्था छ भने जीवनभर नमेटिने घाउ लागेको छ। अहिले उनीहरु अलापबिलाप गरिरहेका छन्।
मृत्यु हुनेको विवरण
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
घाइते
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ