ममता काफ्लेपछि अमेरिकामा फेरी अर्की नेपाली किशोरीको गोली हानी हत्या

काठमाण्डौं– अमेरिकामा फेरी एक नेपाली किशोरीको गोली हानी हत्या भएको छ। टेक्ससस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत ह्युस्टन शहरमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको हत्या भएको हो।
भोजपुर घर भएकी पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेको थियो। किशोरी छातीमा गोली लागेको छ। अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो।
त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएको पाईएको छ।
मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच अफ थियो। उनको मोवाईल फेला परेको छैन।
यसअघि अमेरिकाको भर्जिनिया स्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत नेपाली नर्स २८ वर्षीया ममता काफ्लेको उनकै पति ३७ वर्षीय नरेश भाट (भट्ट) ले हत्या गरेका छन्।
यो प्रकरण अझै सुल्झिसकेको छैन।