कृष्णको मूर्ति सेलाउन गएका युवकको त्रियुगा नदीमा डुवेर मृत्यु

राजविराज– सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउँन खोलामा गएका एक युवकको बुधबार डुवेर मृत्यु भएको छ।
सप्तकोसी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका छोरा २२ वर्षीय रोहनको त्रियुगा नदीमा डुवेर मृत्यु भएको हो।
बुधबार दिउँसो मुर्ती सेलाउन स्थानीयवासीहरुसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियूगा नदीको हेडबाँधमा गएका रोहन पानीमा डुवेका थिए। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए।
उनलाई अस्पताल पुर्याउनासााथ चिकित्सकले मृत घोषणा गरेको जनाईएको छ।
प्रतिक्रिया