नालिमा आएको वाढीले बगाएर विद्यालयबाट फर्कदै गरेका बालकको मृत्यु

इटहरी– धरानमा नालीमा आएको वाढीले बगाएर स्कुलबाट फर्कदै गरेका बालकको मृत्यु भएको छ।

धरान–११, मंगलबारे स्थित ऐश्वर्य मार्गको नालिमा आएको बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो। बालक धरान–११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए।

बाढीले बगाएका बालकको शव धरान–१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुल नजिक फेला परेको थियो।

भारी वर्षाका कारण धरान उपमहानगरपालिका छेउमा रहेको खहरे खोलामा पानीको बहाव बढी भएका कारण उपमहानगरपालिका गेट अगाडीको सडक समेत भासिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट