हेटौंडाकी एलिशा न्यौपानेको हत्या आरोपमा पति समीर खानसहित ५ जना पक्राउ

काठमाण्डौं– श्रीमतीको विभत्स हत्या गरी फरार भएका हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडाका समीर खानलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि हेटौंडा–१०, बसपार्कस्थित रत्न होटलमा श्रीमती २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेको आरोप छ।

यसअघि उनकी आमा ५५ वर्षय सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीय लालबाबु खाँ पठान र उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन्। समीरलाई भाग्न सहयोग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन।

हेटौंडा–११ थानाभ¥याङकी न्यौपानेको शव १० भदौमा होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो। वियरको वोतलले हिर्काएर विसत्स रुपमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एलिसाको हत्या भएको दुई दिन पछिसम्म (११ भदौसम्म) समिरले एलिसाका भाई १७ वर्षीय एलिशसँग ह्वाट्सएपमा कुराकानी गरेको पाइएको थियो। जसमा समीरले अञ्जानमै एलिशाको हत्या भएको स्वीकारेका थिए।

उनले लेखेका थिए– ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं।’ होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका उनले जनाएका छन्। ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो। मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’– उनले ह्वाट्एपमा लेखेका छन्।

परिवारका सदस्यका अनुसार काठमाण्डौं बसिरहेका एलिशालाई समीरले नै हेटौडा बोलाएका थिए। उनी ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन्। त्यही दिन उनको हत्या भएको थियो। त्यसअघि सोही दिन उनीहरुको घरमा झगडा परेको र समीरकी आमाले ‘एलिशालाई मार्दे’ भन्दै निर्देशन दिएको पनि खुलेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट