खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु

काठमाण्डौं– रुकुम पश्चिममा गएराती खहरे खोलाले मोटरसाईकलसहित बगाउँदा १ महिलासहित २ जनाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–६ को रम्मा खोलामा आएको खहरे भेलले रा ६ प २९६१ नम्बरको टु–ट्वान्टी पल्सर बाइकसहित २ जनालाई बगाएको थियो। दुवैको मृत्यु भएको छ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र मोटरसाईकल चालक वडानम्बर ६, कानेवाङ्गकी ३२ वर्षीया निर्मला केसी थापा छन्। महिलाको शव ३ सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको छ।

साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका इन्स्पेक्टर बखतबहादुर शाहीले वताए। मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट