दोमुखामा पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु, एक जना अझै वेपत्ता

दमक– झापामा पौडी खेल्न खोलामा पसेका २ मध्ये एक युवकको मृत्यु भएको छ भने एक युवक वेपत्ता भएका छन्। शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा पौडी खेल्न गएका भद्रपुरका युवकको मृत्यु भएको हो।

भद्रपुर नगरपालिका ५ का १५ वर्षीय फिरोज शेखको मृत्यु भएको प्रहरीले जनाएको छ। भद्रपुर– ५ कै १५ वर्षीय उज्ज्वल राई बेपत्ता छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

भद्रपुर माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत उनीहरू ४र जना पौडी खेल्न दोमुखा गएका थिए। सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका ४ मध्ये दुईजना बेपत्ता भए। दुई जना भने निस्किएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट