सरकारी जिप दुर्घटनामा ज्यान गुमाउँने २ जनाको सनाखत, उपाध्यक्षकी आमा कसरी परिन दुर्घटनामा ?

काठमाण्डौं — मध्यपहाडी लोकमार्गमा सरकारी जिप दुर्घट्ना हुँदा मृत्यु भएका ३ मध्ये २ जनाको सनाखत भएको छ।

मृतक एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो। एक पुरुषको पहिचान खुलेको छैन। घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल पठाईएको छ। शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका–२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो। उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ।

रुकुम पूर्वका सीडीओ माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष बुढा एक हप्ताअघि काठमाडौं आएकी थिइन्। काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको हो। दुर्घट्नाग्रस्त गाडीले उनले सधैं प्रयोग गर्ने नै गाडी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट