सुन्दर हरैंचामा दुईटा बस ठोक्किएर भयंकर दुर्घटनाः ३० जना घाईते, २ जनाको अवस्था गम्भिर

विराटनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा आज दुई वटा बस ठोक्किदा ३० जना यात्रु घाईते भएका छन्।

सुन्दरहरैंचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा पश्चिम जाँदै गरेको को १ ख ७२१६ र पूर्व जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान साढे १० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ७२१६ नम्बरको बसका चालक पनि घाइते भएका छन्।

घाइते हुनेमा अधिकांश महिला र वृद्धवृद्धा छन। उनीहरुको विराटनगर र इटहरीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ती मध्ये २ जनाको अवस्था गम्भिर छ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–३ की ७८ वर्षीया गंगामाया घतानी (गम्भिर), इटहरी–२ की ३८ वर्षीया सीता विक, ३८ वर्षीया पार्वती खड्का, इटहरी–१ की ३३ वर्षीया चन्द्रकुमारी राई, धरान उपमहानगरपालिका–१६ की ३८ वर्षीय शर्मीला राई र ४२ वर्षीया गोमा खड्का छन्।

यसैगरी, मोरङको उर्लाबारी नगरपालिका –२ का ७० वर्षीय अमृत बराल, उर्लाबारी–३ की ६५ वर्षीया चन्द्रावती बराल, उर्लाबारी–६ की ३६ वर्षीया कल्पना बस्नेत, सुन्दरहरैँचा नगरपालिका–७ की ५८ वर्षीया धनकुमारी तिम्सिना (गम्भिर), रंगेली नगरपालिका–८ की ३० वर्षीया दीपा साह, बेलबारी नगरपालिका–१ की २२ वर्षीया रीतिका मगर, २८ वर्षीया करुण चौहान, २४ वर्षीया पवित्रा खड्का, ३४ वर्षीय कुमार खड्का र रतुवामाई नगरपालिका–५ की ७० वर्षीया गोमादेवी अधिकारी घाईते भएको प्रहरीले जनाएको छ।

यस्तै, झापाको भद्रपुर नगरपालिका–६ की ५३ वर्षीय दिवा मगर, भद्रपुर–६ का ६५ वर्षीय इन्द्रबहादुर मगर, कन्काई नगरपालिका–१ का ३२ वर्षीय प्रकाश दर्जी तथा उमेर र ठेगाना नखुलेका अन्जना कार्की, जीवनकुमार राई, कूलप्रसाद तिम्सिना, मन्जना मण्डल, रन्जन मण्डल, झुमा गुरुङ, जुना गुरुङ, रिसा लाखे, रिया भण्डारी, सपना राई र नैनकला लिम्बू घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर राजन लम्सालले वताए।

दुर्घटनाामा २६२८ नम्बरको बसका चालक झापाको भद्रपुर नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय रेवती श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट