सिन्धुली बस दुर्घटनाः दुईजनाको मृत्यु, २३ घाइते मध्ये ८ जनाको अवस्था गम्भिर(अपडेट)

काठमाडौं– मदन भण्डारी राजमार्गमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सोमबार दिउँसो बस दुर्घटना हुँदा २ जनाको मृत्यु र २३ जना घाइते भएका छन।

दिउँसो करिव ३ बजे भएको दुर्घटनामा दुईजनाको घटनास्थमलै ज्यान गएको छ। उनीहरुको सनाखत भएको छैन। २३ जना घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ। २३ मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आठ मध्ये दुईजनालाई उपचारका लागि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले बताए।

काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भए पनि मानवीय हताहतीसमेत भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *