झापाको कमल गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–४ अमलडाँगीमा शनिवार राती मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

केर्खाबाट दमकतिर जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी–८ निवासी ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बु गम्भीर घाइते भएका थिए।

टाउको र बाँया हातमा चोट लागेका अनिलको उपचारका क्रममा मृत्यु भएको हो। सोमराज लिम्बुलाई बाहिरी चोट देखिएको थिएन। दुबैलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।

केर्खा प्रहरी चौकीले मोटरसाइकल नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट