मोरङमा टिपरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु, टिपर चालक फरार

विराटनगर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचामा बिहिबार टिपरले स्कुटरलाई ठक्कर दिँदा १ जना चालक महिलाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट करिव ३२ वर्षीया महिलाको मृत्यु भएको हो। मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। पश्चिम जाँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्व जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा ठक्कर दिएको थियो।

घाईते महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएपनि उपचार गर्न नपाउँदै अपरान्ह साढे ४ मृत्यु भएको जोशीले बताए। शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

प्रहरीले मृतकको पहिचान गर्ने प्रयास र फरार भएका टिपर चालकको खोजी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट