जोगिमारामा ४ वटा सवारी साधन एकै ठाउँमा ठोक्किएर दुर्घटना

काठमाडौँ– धादिङमा ४ वटा सवारी साधन एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमारा स्थित हुग्दी खोला नजिक चौकिटारमा दुर्घटना भएको हो।
काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रोबसले नेपाली सेनाको ना १ झ १०५० नम्बरको जिप र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ०२–०३–०० १ ज ०२२९ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको थिए।
माईक्रोको ठक्करबाट अनियन्त्रित भएको नेपाली सेनाको जिपले पार्किङमा राखेको बा ९४ प ७६७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा माक्रोमा सवार १ जनाको टाउको र खुट्टामा चोट लागेको छ।
अन्य केही ब्यक्ति सामान्य घाइते भएको र दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया