अनुहार जलाईएको अवस्थामा महिलाको शव भेटियो, हत्या गरी पहिचान लुकाउन जलाएको खुलासा

जनकपुर– महोत्तरीमा एक महिलाको हत्या भएको छ। पिपरा गाउँपालिका–७, दनौली चौरीमा करिव २५–२६ वर्षकी महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ।

स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए।

मृतकको पहिचान खुलेको छैन। पहिचान लुकाउन हत्याराले मृतकको अनुहारमाथि सल राखेर जलाएको खुलेको छ। सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना बीभत्स भएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट

Seçilmiş Olun Bahis Dünyasında Most Bet ilə