ललितपुरका व्यवसायी १५ दिनअघिदेखि झापाबाट वेपत्ता, प्रहरी भन्छः अध्ययन गर्दैछौं

दमक– ललितपुरको महाँकाल–२ मानिखेल घर भएका १ जना घरजग्गा व्यवसायी झापाबाट वेपत्ता भएका छन्। झापाको काँकरभिट्टास्थित न्यु हिकोला हेरिटेज होटलमा बस्दै आएका ४० वर्षीय दिलनाथ बजगाईं २९ कात्तिकदेखि वेपत्ता छन्।

बजगाईं व्यापारकै सिलसिलामा झापामा आएर होटलमा बस्दै आएका थिए। उनले अन्तिम पटक २९ कात्तिकमा श्रीमती तुलसासँग फेसबुकमा कुराकानी गरेका थिए। त्यसपछि सम्पर्कविहिन भएका उनको खोजीका लागि परिवार झापा आएको छ।

श्रीमती तुलसा र दाजु गणेशप्रसाद ४ मंसिरदेखि काकरभिट्टामा छन्। जानकारी अनुसार बजगाईंले ३० कात्तिकका लागि भारतको गोवा जाने हवाई टिकट काटेका थिए। तर, गोवा जाने टिकट रद्द भएपछि उनी कता गए भन्ने खुलेको छैन।

परिवारले उनको खोजतलासमा सहयोग गर्न माग गर्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको छ। प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाए पनि हालसम्म कुनै सूचना प्राप्त गरेको छैन।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मीमबहादुर लामाले वास्ताविक्ता चौडै वाहिर आउने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट