धनकुटाको जङ्गलबाट गोली लोड भएका २ थान भरुवा बन्दुक बरामद

विराटनगर– धनकुटामा प्रहरीले गएराती जङ्गलबाट २ थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ। गोली लोड भएको अवस्थामा वन्दुक वरामद भएको हो।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थित जंगलमा वन्दुक फेला पारेको हो।
दुवै बन्दुकका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भईरहेको छ।
प्रतिक्रिया