काठमाडौँका मेयर बालेन्द्र र नगर प्रहरी प्रमुख राजु पाण्डे विरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र साह (बालेन) विरुद्ध विक्रम अधिकारी र सुमन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन्।

बालेन्द्रले विज्ञ र सल्लाहकारमार्फत रकम उठाएको दृष्टान्तसहित ५ वटा विषयमा अनियमितता भएको दाबी गर्दै २१ मंसिरमा उजुरी दर्र्ता भएको हो। शहरी योजना आयोगमा सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेलाई साहले विज्ञमा नियुक्त गरेका छन्।

सन्तोषले अधिकार क्षेत्रभन्दा बाहिर गएर भवनका नक्सा पास तथा दस्तखत गर्ने शाखाको इविपिएस सिस्टम नै नियन्त्रणमा राखेर रकम अशुल गर्ने गरेको उजुरीमा आरोप लगाईएको छ। नक्सा पास तथा दस्तखतअघि नै मोलमोलाई गरेर रकम अशुल गर्ने गरिएको जनाईएको छ।

लामिछानेले भने भवनको नक्सा बनाउन आफू निकटका कन्सल्टेन्सीमा जान दबाब दिँदै त्यस अनुसार नभए दस्तखत गर्ने इन्जिनियरलाई समेत नियन्त्रणमा राखेर काम रोक्ने गरेको जनाईएको छ। गलत काममा सहभागी हुन इन्कार गर्ने इञ्जिनियरद्वय सुधा रिजाल र निलम भट्टराईलाई पाण्डेकै इशारामा उक्त शाखाबाट हटाइएको चर्चासमेत छ।
उजुरीमा बालेनका विज्ञद्वय सन्तोष र हरिशचन्द्रले नक्सालमा ठडिएको होटल हिल्टनको निर्माण सम्पन्न प्रमाणपत्रको क्रममा लाखौंको लेनदेन भएको उल्लेख छ। १० हजार वर्गफिट माथिका नक्सा पासका लागि जुरी डेस्कमा पठाउनुपर्ने प्रावधान छ। तर मेयरका विज्ञद्वयले भने बमोजिम नभएसम्म फाइल सम्बन्धित डेस्कमा नपठाई सेवाग्राहीहरुलाई अल्झाएर राख्ने गरिएको विषयमा अनुसन्धान गर्न माग गरिएको छ।

नगर प्रहरी एसएसपी राजुनाथ पाण्डेले गरेका कतिपय गलत कामका विषयमा पनि उजुरीमा उल्लेख गरिएको छ। पाण्डेले मातहतका नगरप्रहरी इन्सपेक्टरहरु प्रकाश पण्डित र ईश्वर प्रसाद वाग्लेमार्फत् निर्माणधीन भवनका डीपीसी, नक्सा पास, अवैध निर्माणजस्ता कार्यमा अप्रत्यक्ष दबाव सिर्जना गरेर रकम कलमको काम गर्ने गरेको आरोप छ।

पाण्डेमाथि आफूले भने अनुसार नभए महानगरको डोजर लगेर भत्काइदिने तर मागबमोजिम भएमा नदेखेको जस्तो गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ।

बानेश्वर क्षेत्रमा फुटपाथ बजारको नाममा चोकभन्दा थोरैभित्र मुकेश पाण्डे नामका व्यापारीसँग मिलेर वडा नम्बर १० का सचिव र राजुनाथले अवैध रुपमा लाखौं असुल गरेको उजुरीमा उल्लेख छ। मुकेशले चार तलाको आईबिएमको टहरा बनाएर २७५ वटा स्टल खडा गरेका छन्। यसबाट फुटपाथ व्यापारका नाममा मासिक १ करोड २० लाख भाडा असुलेको बताइन्छ। जसको नक्सा पास छैन।

त्यस्तो लाभको हिस्सेदार मेयर बालेन्द्रनका स्वकीय सचिव भुपदेव शाहसमेत रहेको उजुरीमा उल्लेख छ।

उजुरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट