सप्तरीमा मर्निङ वाक निस्केका वृद्धको सवारी दुर्घटनामा मृत्यु
राजविराज– सप्तरीमा सवारी दुर्घटनामा परी मर्निङ वाकमा निस्केका एक व्यक्तिको मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका–३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा सवारी साधनको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।
आज बिहान करिव ४ बजे मर्निङ वाकमा निस्केका बेला नेपाली दुर्घटनामा परेका थिए। उनलाई ठक्कर दिने सवारीको पहिचान खुलेको छैन।
प्रतिक्रिया

