‘पैसा डबल गर्दिने’ लोभ देखाएर वर्षौदेखि ठगी धन्दा चलाएका सप्तरीका हनुमानी पक्राउ

राजविराज– ‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक पक्राउ परेका छन्।

प्रहरीले उनलाई आईतबार घरबाटै पक्राउ गरेको हो। उनी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि मोवाईल स्विच अफ गरेर सम्पर्क विहिन भएका उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुशन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ। स्रोतका अनुसार हुनमानीको ठगी धन्दामा गिरोह नै संलग्न छ। केही समयअघि हनुमानीबाट ठगीएको एउटा समुह गाडीनै लिएर पैसा उठाउन उनको घर पुगेको थियो।

तर, हनुमानीको समुहले उनीहरुलाई कुटपिट गर्दै गाडीसमेत तोडफोड गरिदिएको थियो। कुटपिट र गाडी तोडफोडको विषयमा प्रहरीसम्मै पुग्यो। तर, कारवाहीको सट्टा प्रहरीले मिलापत्रमा कुरा टुङ्याएको खुलासा भएको थियो।

एक जना पीडितले प्रहरीमा उजुरी दिएपछि अनुशन्धानका लागि भन्दै प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर ३ दिनपछि छोडेको थियो। त्यसपछि तत्कालिन डीएसपी ढुण्डीराज न्यौपानेले पीडकबाट एकमुष्ट १० लाख रुपैयाँ लिएर पीडितको उजुरी बेपत्ता पारेको र पक्राउ परेकाहरुलाई समेत छोडिदिएको स्रोतको दावी छ।

डीएसपी न्यौपाने ७ असोजमा सप्तरीबाट सरुवा भई जिल्ला प्रहरी परिसर भक्तपुर पुगेका छन्। उनले पैसा डबल गर्ने गिरोहको विषयमा उजुरी त टाढाको कुरा, त्यो विषय नै आफुलाई जानकारी नभएको दावी गरेका छन्।

‘मान्छे पक्राउ गरेर हिरासतमा राखेको, गिरोहसँग मिलेर पीडितलाई नै हप्ताएर पठाएको, हिरासतको फाईलबाट पक्राउ गरेकाहरुको रेकर्ड गायब वनाएको र यो सवै गरे वापत १० लाख रुपैयाँ लिएको’ आरोपमा उनले कुनै जानकारी नभएको वताएका छन्।

पछिल्लो समय फेरी पनि हनुमानी विरुद्ध प्रहरीमा उजुरी परेको थियो। सोही विषयमा अनुशन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल स्रोत बताउँछ। हनुमानी पक्राउ परेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पनि पुष्टि गरे। थप जानकारी दिन नचाहेका उनले पत्रकार सम्मेलन गरेर सवै कुरा जानकारी दिने वताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट