अर्काकी श्रीमती लिएर होटलमा बसेका बिर्तामोड नगरपालिकाका सिनियर अहेब पक्राउ

दमक– अर्काकी श्रीमती लिएर होटलमा बसेका झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटा पक्राउ परेका छन्।

उनीसँगै होटलमा वसेकी महिलाका श्रीमानले सापकोटालाई पक्राउ गराएका हुन। स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको उनीमाथि आरोप छ।

नगरपालिका कार्यालय स्रोतका अनुसार सापकोटालाई बिहीबार शिवसताक्षी नगरपालिका–१०, दोमुखाको एक होटलबाट पक्राउ गरिएको हो। महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए।

उनकै सूचनाका आधारमा पुगेको प्रहरीले सापकोटा र महिलालाई होटलबाटै नियन्त्रणमा लिएको जनाईएको छ। स्रोतका अनुसार दुवैलाई इलाका प्रहरी कार्यलय झिलझिलेको नियन्त्रणमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट