५ पटक पक्राउ पर्दै छुट्दै गरेका ३३ वर्षीय जोशी छैठौ पटक हतियारसहित पक्राउ

काठमाडौँ– लागु औषध कारोवार र अभद्र ब्यवहार लगायत मुद्दामा ५ पटक पक्राउ परिसकेका काठमाडौँका एक युवक हतियार र लागु औषध मुद्दामा छैठौँ पटक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले मंगलबार राति पक्राउ गरेको हो। जोशीको साथबाट प्रहरीले एक थान पेस्तोल, दुई थान म्याग्जिन, १० राउन्ड गोली, २५० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट जोशी यसअघि विभिन्न अपराधमा पटक पटक पक्राउ परेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार ०६१ भदौ र ०६८ साउनमा उनी काठमाडौँमै अभद्र व्यवहार कसुरमा पक्राउ परेका थिए। जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर मुद्दा चलाएको थियो।

प्रहरी वृत्त कालिमाटीले ०६७ र ०६८ मा पक्राउ गरेको र ०७४ चैतमा लागुऔषध मुद्दामा पक्राउ परेका खुलेको छ। उनी हाल गोकर्णेश्वर नगरपालिका–२ मा कोठा भाडामा लिएर बस्ने गरेका थिए। उनले नेटवर्किङ मार्फत लागुऔषध कारोबार गर्ने गरेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *