वीरगञ्जमा अपहरण र फिरौतीमा संलग्न नाबालकसहित ४ जना पक्राउ

वीरगञ्ज– बाराको कलैया उपमहानगर–१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नाबालकसमेत छन्।
अपहरणमा परेका साहलाई प्रहरीले मंगलबार राति करिव पौने १० बजे पर्साको वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित एक घरबाट उद्धार गरेको थियो।
सोही क्रममा अपहरणमा संलग्न मुर्लीकै २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, पर्सा सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टका अनुसार पक्राउ परेकाहरुलाई बुधबार पर्सा जिल्ला अदालतमा उपस्थित गराईएको छ। अदालतले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा अनुसन्धान गर्न ५ दिनको म्याद दिएको भट्टले जानकारी दिए।
प्रतिक्रिया