जेठी श्रीमतीसँग भेटेको फोटो पोष्ट गरेको भोलिपल्टै कान्छी श्रीमतीको हत्या गरेर आफु पनि अस्ताए ऋषि

पोखरा– कास्कीको पोखरामा एक ब्यक्तिले घरायसी झगडामा श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन्।

पोखरा–१७ का ५७ वर्षीय ऋषिराम बरालले श्रीमती ३७ वर्षीया देवीमाया पराजुलीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन्। उनले श्रीमतीलाई धारिलो हतियारले प्रहार गरी मेटासिड नामक विषादी पनि खुवाएको पाइएको छ।

घटनालगत्तै वडा प्रहरी कार्यालय वैदामको टोली त्यहाँ पुगेको थियो। प्रहरी पुग्दा श्रीमान–श्रीमती दुवै रगताम्मे अवस्थामा थिए। श्रीमतीको अनुहारमा चोट थियो भने श्रीमानको घाँटीमा चोट लागेको थियो।

प्रहरीले श्रीमान–श्रीमती दुवैलाई अस्पताल पु¥याए पनि श्रीमतीको तत्कालै र श्रीमानको उपचारका क्रममा मृत्यु भएको थियो। श्रीमतीमाथि आक्रमण गरेपछि ऋषिरामले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार दुई श्रीमती भएका बराल कान्छी श्रीमतीसँग बस्दै आएका थिए। ऋषिरामले तीन वर्षअघिमात्र देवीसँग दोस्रो बिहे गरेका थिए।

पोखरा ५, मालेपाटनमा बस्दै आएकी जेठीतर्फ ऋषिरामका एक छोरा छन्। कान्छीतर्फबाट भने बालबच्चा नभएको स्थानीयले बताएका छन्। पछिल्लो समय कान्छी श्रीमतीसँग पनि ऋषिरामको राम्रो सम्बन्ध थिएन। उनीहरु झगडा गरिरहन्थे। यसैबीच सोमबार नै ऋषिरामले जेठी श्रीमतीसँग भेटेको फोटो फेसबुकमा पोस्ट गरेका थिए।

जेठी श्रीमतीसँग भेटेको कुरा खुलेपछि दम्पतिबीच झगडा भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। घट्नाको अनुशन्धान भईरहेको डीएसपी वस्नेतले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट