सुधार केन्द्रमा युवकलाई कुटपिट गरिएको भीडीओ भाईरल, यसरी वाहिरियो भीडीओ

जनकपुर– रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक युवकमाथि अमानवीय तरिकाले कुटपिट गरिएको भीडीओले अहिले सामाजिक सञ्जाल तताईरहेको छ।

भीडीओमा तीन जनाले एक युवकलाई लडाएर समाउँछन् भने अर्का एक जनाले सेतो पाइपले पैतलामा लगातार कुटपिट गरेको प्रस्ट देखिन्छ। ४१ सेकेन्ड लामो भिडियोमा कुटपिटबाट युवक कराएको आवाज बाहिरिन नदिन पृष्ठभूमिमा ठूलो आवाजमा संगीत बजाएको सुनिन्छ।

यो भीडीओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धान सुरु भएको छ। राइजिङ नेपाल सुधार केन्द्रभित्रसुधार केन्द्रका सञ्चालक सुरजकुमार गुप्ताले भीडीओ ७÷८ महिनाअघिको भएको वताएका छन्।

केन्द्रमा काम गर्ने गौरका स्थानीय कर्मचारीले उक्त भिडियो बनाएको र उनीहरूले लागूऔषध सेवन गरेको फेला पारेर निकालेपछि भीडीओ भाइरल बनाएको दावी गुप्ताले गरेका छन्। आफुलाई बदनाम गर्न जानीजानी नियोजित रुपमा भीडीओ बनाईएको उनको दावी छ। उनले घट्नाको अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले घटनाबारे बुझ्न सुधार केन्द्र जाँदा कुट्ने र कुटाइ खाने दुवै पक्ष सम्पर्कमा नरहेको बताए। कुट्ने युवक सुधार केन्द्रकै कर्मचारी सिपु पाण्डे र कुटाइ खाने युवक रितेशकुमार गुप्ता भएको उनले जानकारी दिए।

रितेश तीन महिना अघि सुधार केन्द्रबाट डिस्चार्ज भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट