कुलपुजा गर्न गाउँ जाँदै गरेका श्रीमान–श्रीमतीको स्कारपिओ दुर्घटनामा मृत्यु

काठमाडौँ– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा आज स्कारपिओ दुर्घटना हुँदा कुलपुजामा सहभागि हुन दाङबाट गाउँ गएका दम्पत्तिको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो दुर्घटना हुँदा सानीभेरी–१० सार्कीमारे घर भई दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको मृत्यु भएको हो।
प्रहरीका अनुसार नरबहादुरको घट्नास्थलमै र लीलाको उपचारका लागि चौरजहारीतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा नरबहादुरकी माइली आमा र चालक गम्भीर घाइते भएका छन्। उनीहरुको चौरजहारीको मिसन अस्पतालमा उपचार भइरहेको रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जानकारी दिए।
उनका अनुसार दाङबाट कुलपूजामा सहभागी हुन गाउँ आएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो दिउँसो २ बजे दुर्घटना भएको हो।
प्रतिक्रिया