सप्तरीमा अनटेस्ट ट्याक्टर पल्टिँदा चालकको मृत्यु

राजविराज– सप्तरीमा बुधबार अनटेस्ट ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

हुलाकी सडक खण्डमा पत्थरगाढाबाट राजबिराज तर्फ आउदै गरेको ट्याक्टर बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा आफै अनियन्त्रीत भई पल्टिएको थियो।

दुर्घटनामा ट्याक्टर चालक डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका १८ वर्षीय दिपक सन्त घाईते भएका थिए। उनलाई उपचारका लागि राजविराज स्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट