मधेशका मुख्यमन्त्रीको पारिवारीक ब्यवसायमा संकट, ऋण नतिरेको भन्दै बैंकले निकाल्यो ३५ दिने सूचना

राजविराज– मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको पारिवारिक व्यवसाय संकटमा परेको छ। मुख्यमन्त्री सिंहका दाजु सुरज कुमार सिंह राजपुतले उक्त व्यवसायको नेतृत्व गरिरहका छन्।

सिंह परिवारले सप्तरीको राजविराजमा उषा इन्टरप्राईजेज नामको फर्म सञ्चालन गरिरहेको छ। जसको प्रोप्राईटर सुरज हुन। फर्मले महेन्द्रा कम्पनीका गाडी, ट्याक्टर, मोटरसाईकल तथा तिनीहरुका पार्टपूर्जा विक्रि गर्दै आएको छ।

व्यवसाय सञ्चालनका लागि सिंह परिवारले कुमारी बैंक लिमिटेडको लालदरबार शाखाबाट ऋण लिएको थियो। तर, ऋणको साँबा तथा व्याजसमेत नतिरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरी सावाँव्याज चुक्ता गर्द ताकेता गरेको छ। ‘…रकम चुक्ता–भुक्तान गर्न पटक–पटक मौखिक एवं लिखित रुपमा सूचित गरी तर–ताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणीलाई ऋणकर्जा चुक्ता भुक्तान गर्न यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’– आज (६ जेठ) मा कान्तिपुर दैनिकमा प्रकाशित सूचनामा भनिएको छ।

३५ दिनभित्र ऋणकर्जाको सावाँ, व्याज लगायतका बैंकलाई तिर्नु पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान नभए धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्रि वा अन्य व्यवस्था गरीने बैंकले चेतावनी दिएको छ। साथै ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचिमा राखिने चेतावनी समेत दिईएको छ।

ऋणका लागि वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहसहित उनको परिवारका सदस्य ब्यक्तिगत जमानी वसेका छन्। जसमा सतिश, सत्यवान कुमार सिंह, सुरजकुमार सिंह राजपुत, बाबु शेखर कुमार सिंह र आमा उषा देवी राजपुतनीसमेत छन्।

सार्वजनिक सूचना अनुसार आमा उषा देवी राजपुतनी र सूरज कुमार सिंहको नाममा विभिन्न स्थानमा रहेको जग्गा तथा उषा इन्टरप्राइजेजको सम्पूर्ण चल अचल सम्पत्ति धितोको रुपमा छ।

उषा इन्टरप्राईजेजका प्रोप्राईटर सुरज सिंह राजपुतले भने यस विषयमा आफुलाई जानकारी नभएको वताए। ‘यस विषयमा मलाई जानकारी छैन। म पनि वाहिर थिएँ। अव वुझ्न लगाउँछु।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट