विवाहमा दोहोरो झडप हुँदा ५ जना घाईते, बेहुला–बेहुली र जन्तिलाई प्रहरीको स्कर्टिङ

विराटनगर– मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एउटा बिवाहमा जन्ति र घरगाउँलेबीच झडप हुँदा ५ जना घाईते भएको छन्।

शुक्रबार राति करिव साढे ११ बजे स्थानीय भजनलाल सहनीको छोरीको बिवाह चलिरहेका बेला झडप भएको हो। डिजे बजाएर नाच्ने क्रममा मादक पदार्थ सेवन गरेका दुई पक्षबीच विवाद भएको र सोही विवाद झडपमा परिणत भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

झडपमा धनपालथान–६ का २८ वषीर्य वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन्।

वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जना जन्ती रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ।

प्रहरीका अनुसार विराटनगरस्थित पिचराका युवक र धनपालथानकी युवतीको विवाह थियो। बेहुला र बेहुली पक्षबीच विवाद बढेर झडप भएपछि बिवाह मण्डप रणमैदान भएको स्थानीय बताए। झडपमा मण्डप र कुर्सी समेत तोडफोड भएको थियो।

यद्यपी, विवाह भने सम्पन्न भएको छ। तनावपूर्ण स्थिति बनेपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो। राति करिव १ बजे वेहुली लिएर वेहुला विराटनगर फर्किएका छन्। जन्तीलाई प्रहरीले स्कर्टिङ गरेर विराटनगर पठाएको थियो।

अत्यधिक मदिरा सेवन र अनुशासनहीन व्यवहारका कारण विवाहमा झडप भएको प्रहरीले जनाएको छ। झडपमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको डीएसपी जोशीले बताए। इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट