झापा धाईजनचोकमा ट्रकले मोटरसाइकल ठक्कर दिंदा गम्भीर घाइते युवतीको मृत्यु

दमक– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका–१४, धाईजनचोकमा ट्रकसँग मोटरसाइकल ठोकिँदा घाइते युवतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाईते भएकी बुद्धशान्ति गाउँपालिका–५ की २२ वर्षीया आकृति दनुवारको उपचारका क्रममा आईतबार मृत्यु भएको हो। उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको थियो।
गत १३ जेठको राति करिव १० बजे धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका करिव २७ वर्षीय राहुल गुप्ता र मोटरसाइकलको पछाडि सवार आकृति घाईते भएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ट्रक चालक बिर्तामोड नगरपालिका–३ का ३४ वर्षीय विजय लिम्बु पक्राउ परेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।