भैरहवा जाँदै गरेकी महिला बसमै सुत्केरीः बसको सिटमा यसरी जन्मियो नयाँ जिवन

काठमाडौँ– काठमाडौंबाट भैरहवा जाँदै रात्रि बसमा चढेकी एक महिलाले बसभित्रै बच्चा जन्माएकी छिन।

आइतबार राति रुपन्देहीको खैरहनी जाँदै गरेकी ती महिला श्रीमानसहित लु २ ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा चढेकी थिईन। काठमाडौंबाट बस छुटेको केही समयमै उनलाई सुत्केरी व्यथा लाग्यो। तर, चालकले बसलाई नरोकी कुनै सहज बातावरणको प्रतिक्षा गरे।

उनले सुत्केरी गराउँन सहजताको सम्भाव्य स्थान खोज्दै नौबिसेसम्म गाडी पु¥याए। तर, पेट दुखेर हैरान भएपछि महिला र उनका श्रीमानले बस रोकि दिन आग्रह गरे। त्यसपछि चालकले नौबिसेमा बसलाई रोके र अन्य यात्रुलाई ओराले। केही महिला यात्रुहरूको सहयोगमा करिब पौने ११ बजे महिलो बसभित्रै छोरालाई जन्म दिइन।

बसधनी अनुप शर्माका अनुसार सबै प्यासेन्जरलाई ओरालेर बसभित्रै बच्चा जन्माउने व्यवस्था गरिएको थियो। शिशु जन्मिएपछि चालक दल र स्थानीयको सहयोगमा आमा र बच्चालाई नजिकैको स्वास्थ्य चौकीमा पु¥याइएको थियो।

त्यहीँ प्राथमिक उपचार, सालनाल काट्ने प्रक्रिया सकिएपछि एम्बुलेन्समार्फत थापाथली प्रसूतिगृहमा पठाइएको बसधनी अनुप शर्माले बताए।

महिलाका श्रीमान राजकुमार अधिकारीका अनुसार, चिकित्सकले दिएको म्यादभन्दा झन्डै दुई हप्ता अघिनै बच्चा जन्मिएको हो। उनीहरुलाई यसरी बाटोमै ब्यथा लाग्ला भन्ने लागेको थिएन। अधिकारी भन्छन्–‘मेरो ससुराली पूर्वी नवलपरासीको अरुणखोलामा हो। माईतीमा सुत्केरी गराउन हुँदैन भन्ने मान्यता भएकाले हामी बुटवलको खैरेनीमा रहेको दिदीसासुको घर जाँदै थियौं। बाटोमै छोरा जन्मियो।’

चिकित्सकले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको जानकारी दिएका छन। बसधनी अनुप शर्माले यात्रुको सुरक्षामा कुनै कसर बाँकी नराखिएको बताए। ‘सानो जीवन जन्मिनु आफैँमा ठूलो चमत्कार हो। यस्तो संवेदनशील क्षणमा सहयोग गर्न पाउनु गर्वको कुरा पनि हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट