रोकेको ट्रकमा तीन जना सवार मोटरसाईकल ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर घाइते

वीरगन्ज — वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चोकमा सडकमा रोकिएको एचआर५५के ३९७१ नम्बरको ट्रकमा बा. प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३, झलमहियाका २३ वर्षीय रामाकान्त यादव र विजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। तीन जना सवार मोटरसाइकल दुर्घटनामा उनीहरु गम्भीर घाइते भएका थिए।

उनीहरूमध्ये रामाकान्त र विजयलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

दुर्घटनामा घाइते २२ वर्षीय विजयकुमार यादवको नारायणी अस्पतालमै उपचार जारी रहेको बताइएको छ। ट्रकका चालक दुर्घटनापछि फरार भएका छन्। उनको खोजी भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट