पर्सामा पत्नीको हत्या अभियोगमा युवक पक्राउ

वीरगञ्ज — पर्सा प्रहरीले पत्नी हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का २२ वर्षीय सफिराजा मियाँ रहेका छन्।

उनले आफ्नी २१ वर्षीया पत्नी लालबिबि खातुनको घाँटी थिची हत्या गरेको अभियोग लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पत्नीले आफूलाई सम्मान नदिएको र बेवास्ता गरेको भन्दै असार ७ गते राति उनले हत्या गरेका हुन्।

पर्सा प्रहरीका डीएसपी किशोर लम्सालका अनुसार, आरोपी मियाँमाथि ज्यानसम्बन्धी कसुरमा आइतबार जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट