सप्तरीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

राजविराज — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–२ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

शनिबार दिउँसो करिव साढे ३ बजे लौनियाबाट दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रयाक्टर चालक ३८ वर्षीय देवेन्द्र प्रसाद साह गम्भीर घाइते भएका थिए।

घाइते साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। दिउँसो करिव ४ बजे उनको मृत्यु भएको थियो। दुर्घटनास्थल बरहीबिरपुर प्रहरी चौकीबाट करिब ४ किलोमिटर पूर्व–उत्तरमा पर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट