पोखरामा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

पोखरा — पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार स्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते उनको मृत्यु भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। मृतक महिलामा उच्च रक्तचाप र मधुमेहसमेत रहेको थियो।

उनीमाथि जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको थियो। यो घटनासँगै गण्डकी प्रदेशमा झन्डै साढे दुई वर्षपछि कोरोना संक्रमणबाट मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकी प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार कास्कीमा ५, बागलुङमा २ र स्याङ्जामा १ जना गरी हालसम्म ८ जना संक्रमित फेला परेका छन्।

महानिर्देशक खड्काका अनुसार, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोना परीक्षण भइरहेको छ। सामान्य लक्षण भएका बिरामीहरूमा पनि कोरोना देखिन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट