उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा धक्का

काठमाडौं—उदयपुरलाई केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँका अनुसार उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर राति १० बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ। मध्यम तीव्रताको यो भूकम्पले उदयपुरसहित आसपासका जिल्लामा समेत केही समय त्रासको अवस्था सिर्जना ग¥यो।

धक्का महसुस हुनासाथ सर्वसाधारण घरबाहिर निस्किएको र केही समयसम्म आतंकित वातावरण बनेको स्थानीयहरूले बताएका छन्। यद्यपि अहिलेसम्म मानवीय क्षति वा ठूला संरचनागत क्षतिको औपचारिक विवरण सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट