बिर्तामोडमा गाईलाई करणी गर्दै गरेका भारतीय नागरिक रंगेहात पक्राउ

दमक– झापाको बिर्तामोडमा गाईसँग अप्राकृतिक यौन क्रियाकलाप गरिरहेका एक जना भारतीय नागरिक पक्राउ परेका छन्। विर्तामोड–२ चैतुबारीमा भारतको पश्चिम बंगाल राज्य, अलीपुरद्वार घर भई हाल बिर्तामोडस्थित कनकाई प्लाइ फ्याक्ट्रीमा कार्यरत करिब ३८ वर्षीय बिपुल रोयलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन।

घटना फागुन १ गते साँझमा भएको हो। चैतुबारीका कुसलाल राजवंशीको गाई रञ्जीत राजवंशीको खाली खेतमा चर्दै गरेको अवस्थामा स्थानीयले शंकास्पद गतिविधि देखेपछि नजिक पुगेर हेर्दा ती व्यक्ति गाईसँग अश्लील र आपत्तिजनक हर्कत गरिरहेको अवस्थामा फेला परेका थिए।

घटना देख्नेबित्तिकै स्थानीयले रोयलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ।

घटना बाहिरिएपछि चैतुबारी क्षेत्रका बासिन्दाले यस्तो अमानवीय हर्कतमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न माग गरेका छन्। स्थानीयवासीहरूका अनुसार औद्योगिक क्षेत्रमा काम गर्ने केही बाहिरी कामदारको निगरानी र सामाजिक उत्तरदायित्वबारे पनि पुनःसमीक्षा आवश्यक देखिएको छ।

पशुसँग यौन दुव्र्यवहार नेपालको कानुनअनुसार दण्डनीय अपराध हो। मुलुकी अपराध संहिताले पशु क्रूरता र अप्राकृतिक करणीलाई स्पष्ट रूपमा निषेध गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि अदालतमार्फत मुद्दा दर्ता प्रक्रिया अघि बढाइने तयारी भइरहेको स्रोतले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट