पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा २५ जना घाइते, सबैलाई अस्पताल पुर्याइयो
नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेशको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो।
प्रहरीका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्।
दुर्घटनालगत्तै प्रहरी तथा उद्वार टोलीले घाइते यात्रुको उद्वार गरी उपचारका लागि कावासोतीस्थित डण्डाको मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याएको छ।
दुर्घटनामा घाइते भएकाहरूको विस्तृत परिचय र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बस दुर्घटनापछि केही समय प्रभावित बनेको राजमार्गमा दुर्घटनाग्रस्त बस हटाएर सवारी आवागमन नियमित बनाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
लोकप्रिय
इनमको मोबाइल प्रकरणमा रास्वपाकै महामन्त्रीले गरे छानबिन माग, प्रवक्ता भन्छन– ‘बेनमाथि प्रधानमन्त्रीले चाल्ने कदममा पार्टीको समर्थन’
छठ मनाउन सर्लाही पुगेका गगनलाई अमरेशको कटाक्ष-‘रुख चिह्न किन्ने र रुख काटेर बेच्ने दुवैलाई स्वागत छ’

