छठघाट कुर्न रातभर एक्लै बसेका ६० वर्षीय वृद्ध मृत फेला, धनुषामा रहस्यमय घटना
जनकपुर– छठ पर्वका लागि घाटमा राखिएका पूजासामग्रीको रेखदेख गर्न रातभर एक्लै बसेका धनुषाका एक वृद्ध बिहान मृत अवस्थामा फेला परेका छन्। शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव (मनेजर) छठघाटमै शंकास्पद अवस्थामा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार यादव मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा पूजासामग्री कुरेर बसेका थिए। राति उनी एक्लै घाटमा बसेको बताइएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार यादवको गालामा चोटको निशान र रगत देखिएको छ। चोट र रगत भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। यादवको मृत्यु दुर्घटना, कुटपिट वा अन्य कुनै कारणले भएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म निष्कर्ष सार्वजनिक गरेको छैन। गालामा देखिएको चोटको प्रकृति र मृत्युको वास्तविक कारण खुलाउन थप अनुसन्धान आवश्यक रहेको छ।
छठ पर्वका लागि घाटमा पूजासामग्रीको सुरक्षा गर्न रातभर बसेका वृद्ध बिहान मृत भेटिएपछि स्थानीय क्षेत्रमा घटनाबारे चासो र आशंका बढेको छ। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।
लोकप्रिय
इनमको मोबाइल प्रकरणमा रास्वपाकै महामन्त्रीले गरे छानबिन माग, प्रवक्ता भन्छन– ‘बेनमाथि प्रधानमन्त्रीले चाल्ने कदममा पार्टीको समर्थन’
छठ मनाउन सर्लाही पुगेका गगनलाई अमरेशको कटाक्ष-‘रुख चिह्न किन्ने र रुख काटेर बेच्ने दुवैलाई स्वागत छ’

